सडक आश्रित महिलाको उद्धार

खबर पूर्वाञ्चल, १४ आश्विन २०७७, बुधबार २१:५०

विराटनगर / प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक सडक आश्रित महिलाको उद्धार गरेका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेका हुन् । स्थायी ठेगाना बताउन नसक्ने उनी करिव एक सातादेखि सडकमा बसेको स्थानीय यूवाहरुले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।

सडकबाट उद्धार गरि प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाव परीक्षण गरि आईसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५