खबर पूर्वाञ्चल
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका ४ का २८ बर्षीय पवन चौधरी र २८ बर्षकै महेश गुरुङको साथबाट ५ ग्राम ब्राउनसुगर आज दिउँसो बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।