प्रदेश १ को ४ जिल्लामा थप ९४ जनामा संक्रमण देखियो

खबर पूर्वाञ्चल, ११ कार्तिक २०७८, बिहीबार १७:४९

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ९४ जनामा कोरोना संक्रमण देखिएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैचामा ३–३, उर्लाबारी, कटहरी र लेटाङमा १–१, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा ३–३, गौरादह, अर्जुनधारा र दमकमा २–२, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ३, इनरुवामा २, दुहवीमा १ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र ३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५