RUMPUM
animated ellipse animated ellipse

केपी ओली रोडरेस प्रतियोगिताको उपाधिमा नेपाली सेना र शसस्त्रको कब्जा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७९, आईतवार १८:३५
144
Shares
विराटनगर / विराटनगरमा सम्पन्न केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताको उपाधी सशस्त्र र नेपाली शेनाले जितेको छ ।

महिला र पुरुष गरि फरक फरक विधामा भएको प्रतियोगिताको पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले जितेको हो । पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका मुकेश नेपाली प्रथम भए । उनले १४ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गरे । त्यस्तै नेपाली सेनाका श्रीकाश द्धितीय हुँदै १४ मिनेट २६ सकेण्डमा दुरी पुरा गरे भनेँ नेपाली सेनाकै टंक कार्की तेश्रो भए उनले १४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गरेका थिए । नागेश्वर अहिर र मिनल कार्की क्रमश चौथो र पाँचौँ भएका छन् ।

नेपाल खेलकुद महासंघको दोश्रो महाधिबेशनको अबसरमा आयोजित केपी ओली रोडरेस प्रतियोगिताको महिला तर्फको दौडमा सशस्त्र प्रहरीकी फुलमती रानाले १८ मिनेट ११ सकेकेण्डमा निर्वारित दुरी पुरा गरिन् ।

नेपाल प्रहरीकी राममाया बुढा १८ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै दोश्रो हुँदा सशस्त्र प्रहरीकी सिमा चौधरीले तेश्रो हुँदै निर्धारित दुरी पुरा गर्न १८ मिनेट २७ सकेकेण्ड लगाउनु प¥यो । नेपाल प्रहरीकी सुमित्रा चौधरी र भोजपुुरकी छेन्नीमायाँ राई चौथो र पाँचौँ भएका छन् ।

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । पुरस्कृत हुने प्रतियोगिहरु प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ हेुनेले महिला पुरुण दुबै समुहका बिजेतालाई क्रमश ५१ हजार, ३१ हजार, १५ हजार, ८ हजार ५ हजार नगद प्रदान गरिएको केपी ओलीे खुला दौड (रोडरेस) प्रतियोगिताका संयोजक अनिरुद्र चौधरीले जानकारी दिए । प्रतियोगिता ५ किलोमिटर दुरी तय गरिएको थियो । विराटनगरस्थित सहिद रंगशालाबाट शुरु भएको खुला दौड पानीट्यांकी, तीनपैनी, बरगाछी, शनिमन्दिर, जलजला मोड, अस्पताल चोक हुँदै पुन रंगशालामा पुगेर सम्पन्न भएको थियो ।

दौडमा महिला तर्फ १७५ जना र पुरुष तर्फ ४२५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा सहभागी हुनको लागि नेकपा एमालेका नेताहरु गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, जीवन घिमिरे, ऋषिकेश पोखरेल तथा खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत लगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर