मोरङ २(२) बाट एमालेका लिलाबल्लभ अधिकारी निर्वाचित

खबर पूर्वाञ्चल, ९ मंसिर २०७९, शुक्रबार १९:३२
297
Shares
विराटनगर / मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभमा सदस्यमा नेकपा एमालेका लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई पराजित गरे । अधिकारी र कार्कीको मतान्तर २ हजार ८ सय छ ।
अधिकारीले १७ हजार ७ सय ५२ मत प्राप्त गर्दा कार्कीले १४ हजार ९ सय ५२ मत ल्याएको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा ६३ हजार ६ सय ७१ मतदाता रहेकोमा ४० हजार २ सय १३ मत खसेको थियो । जस मध्ये ३८ हजार ५ सय २८ मत सदर भएको छ भने १ हजार ६ सय ८५ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै अधिकारी निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५