खबर पूर्वाञ्चल
आफन्तलाई सान्त्वना दिँदै उपचार खर्च सरकार ब्योहर्ने जानकारी गराए । कार्कीले भने,“कीर्तिपुर लगिएका घाइतेको उपचारको सबै प्रबन्ध संघीय सरकारबाट गरिने भएको छ । यसबारे म आफैले संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरें । उनले सरकारले गर्ने भन्ने प्रतिवद्धता जनाए ।”
मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ । ती सबै झापाको बिएन्डसी अस्पतालबाट रेफर गरिएका घाइते हुन् ।
मुख्यमन्त्री कार्कीका अनुसार तीन जनाको शल्यक्रिया भएको र अरुको थप उपचार भइरहेको जानकारी दिए । उनले भने,“अमेरिकाबाट केही चिकित्सक उपचारको लागि आउँदै हुनुहुन्छ ।” आगलागीमा घाइते २५ जनालाई कोसी प्रदेश सरकारको समन्वयमा विराटनगर र झापाबाट सेनाको विमानमा राखेर लगिएको थियो ।
गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।