खबर पूर्वाञ्चल
गढी गाउँपालिका २ सखुबारेका ३० वर्षीय चन्दन ऋषिदेवले व्यवसायी ज्ञानचन्दको क्रुर तरिकाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
लावारिसे रुपमा हिडडुल गर्ने चन्दनले व्यवसायी ज्ञानचन्दले लिजमा लिएको रिङ बनाउने ठाउँमा सुत्न नदिएको रिसमा फरुवाले पटक–पटक प्रहार गरेर दुई टुक्रा बनाएर हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्ग्मीले जानकारी दिए । ‘हत्या हुनुभन्दा दुई दिन अगाडीदेखि ज्ञानचन्दले चन्दनलाई आफ्नो रिङ बनाउने ठाउँमा सुत्न नदिने गरेको रहेछन् । त्याहाबाट गालीगौज गरी हटाएका थिए । ज्ञानचन्द रिङ बनाउने ठाउँमा सुतेका रहेछन् । तेही मौका छोपेर आगनमा रहेको फरुवाले पटक पटक प्रहार गरेर हत्या गरेको देखिन्छ,’ एसपी रेग्मीले भने, ‘उनीहरुबीच पुरानो रिसिभि पनि देखिन्छ । त्यस विषयमा पनि हामी अनुसन्धान गर्दै आएका छौं ।’
हत्या आरोपी चन्दन एकहोरो स्वभाको रहेको प्रहरीले जनाएको छ । ‘ रिङ बनाउने ठाउँमा जस्तापाताले छाएको दुई कोठामा रहेको छ । त्यसमा लामो समयदेखि चन्दन राती सुत्ने गरेका थिए । यी स्थानलाई उनले आफ्नो स्थाई बासस्थान ठान्ने गरेका थिए । केही दिन अगाडी ज्ञानचनले हटाएपछि हत्या गरेको स्वीकार गरेका छन्,’ घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकृतले भने ।
हत्यागरेपछि घनास्थलमै
ज्ञानचन ऋषिदेवको सोमबार बिहान दुई टुक्रा भएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो । शव भेटिएको ऋषिदेवको घरदेखि करिब एक किलोमिट नजिकमा पर्दछ ।
थलाहामा टाउकोदेखि मुनिको भाग भेटिएको थियो । जिउ भेटिएको स्थानदेखि ११६ मिटर उत्तर पश्चिम किर्तेलाल चौधरीको खेतको आलीमा टाउको भेटिएको थियो । घटनास्थलममा उपस्थित मध्ये शंकास्पद गतिविधी देखाएपछि चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘चन्दनले लगाएको पहेलो रातो सेतो निलो बुट्टे हाफ सर्ट गन्जीमा रगत जस्तो पदार्थ लागेको टाटा देखिएको थियो ।
प्रहरीले अनुसन्धान गर्दै गएपछि कोदालोले पटक पटक प्रहार गरी टाउको छिनाइ हत्य गरेको स्वीकार गरे । त्यसपछि घटनामा प्रयोग भएको कोदालो समेत देखाइ दिएका थिए,’ यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।
हत्या आरोपमा पक्राउ परेका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय दुहबीले सुनसरी जिल्ला अदालतमा मंगलबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । यस घटनामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रिटको टोली, सुनसरी प्रहरी र इप्रका दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।