पूर्वाञ्चल खबर
स्वदेशी किसानको उत्पादनलाई बजार सुनिश्चित गर्न सरकारले भारतीय सयपत्री फूलको आयातमा रोक लगाए पनि तस्कर समूहले सीमापारिबाट फूल भित्र्याएर शीतभण्डारमा थुपार्ने गरेको खुलेको छ।
सशस्त्र प्रहरी बल मोरङले शनिबार विराटनगरबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सयपत्री फूल बरामद गरेपछि प्रतिबन्धित फूलको तस्करी र भण्डारणको जालो सार्वजनिक भएको हो। तिहार आउन एक साता बाँकी रहँदै ठूलो परिमाणमा भारतीय फूल भित्र्याएर बजारमा पठाउने तयारी भइरहेको अवस्थामा प्रहरीले फूल नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं। ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले भन्सार तथा बिलबिजकबिनै भारतबाट ल्याइएको फूल विराटनगरस्थित ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्न लैजाने क्रममा नियन्त्रणमा लिएको हो।