animated ellipse animated ellipse

कोशी ग्यासको शिलप्याक चार वटा सिलण्डरबाट करिव १६ केजी तौल कम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ कार्तिक २०८१, बुधबार १७:१०
234
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको चार वटा सिलेण्डरमा कम ग्यास भएको पाइएको छ ।

विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्र खनालले खरिद गरेको ४ वटा सिलप्याक सिलेण्डरमा १६ केजी ग्यास कम भएको आज भेटिएको हो ।

शिलप्याक सिलेण्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको चार वटै सिलेण्डरमा कम ग्यास भेटिएको खनालले बताए । उनले बुधबार दिउँसो खरिद गरेको कोशीको ग्यास सिलेन्डरमा तौल कम भएको ग्यास भेटिएको बताएका छन् । खनालले खरिद गरेको शिलप्याक सिलेण्डरमा १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.५६५ केजी ग्यास मात्रै ग्यास रहेको नाप तौल तथा गुणस्तर कार्यालय विराटनगरको निरीक्षक मनिषा राईले बताइन् । ‘शिलप्याक गरेको सिलेण्डरमा ६ केजीसम्म पनि ग्यास कम भएको पाइएको छ । कमजोर शिलप्याक भएको कारणले गर्दा ग्यास चोरी भएको हुनसक्छ । यस विषयमा हामीले अनुसन्धान सुरु गरेको छौं,’ निरीक्षक राईले भनिन्, ‘थप अनुसन्धानपछि कारवाहीको दायरामा ल्याउनेछौं ।’

बस्नेतलले रिक्सामा डुलाउनेसँग शिलप्याक चार वटा ग्यास सिलेण्डर खरिद गरेका थिए । ‘ सिलेण्डर खाली हुने बित्तिकै एकै पटक ४÷५ वटा ग्यास सिलेन्डर लिने गरेका थियौ । ढुलाउनेसँग चार वटा ग्यास सिलेण्डर लिए । भित्र लैजानु परो भनेको सिलेन्डर हलुका भयो । त्यसपछि मलाई शंका लाग्यो । ग्यास कम भएको हुनसक्ने अनुमान गरेर चेकजाँच गर्दा एउटा सिलेण्डरमा ६ केजीसम्म कम तौल भेटियो,’ उनले भने, ‘हामी उपभोक्ता माथि यो ठगी हो । त्यसपछि मैले डुलाउनेलाई खोज्दै जाँदा कम तौल भएको पाएपछि उनीहरु फरार भए । त्यसपछि नापतौल, प्रहरी प्रशासनबाट टोली आएर अनुसन्धान गर्दैछन् ।’ छानविन गरि कम तौलको ग्यास विक्री गर्नेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने उनको माग छ ।

शिलप्याक चार सिलेण्डरमा १६ केजी ग्यास कम भेटिएपछि ग्यास डुलाउँदै रिक्सामा विक्री गर्ने दुई जना नाबलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई विराटनगर ३ बाट बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । ‘ग्यास कम भएको विक्री गरेपछि विराटनगर १ घर भएका नाबलक दुई जनालाई हामीले नियन्त्रणमा लिएर कुन डिर्लरबाट खरिद गरेर ल्याएको त्यो सोधपुछ गर्दैछौं,’ डिएसपी जोशीले भने, ‘थप अनुसन्धानपछि खुल्नेछ ।’ यो घटनामा नामतौल तथा गुणस्तर कार्यालयले थप कारवाहीको प्रक्रिया अगाडी बढाउने प्रहरीले बताएको छ ।

यसैबीच कोशी ग्यास उद्योगले डुलाउनेले बदमासी गरेको हुनसक्ने भन्दै छानविन गर्न माग गरेको छ । उद्योगका प्रतिनिधी हेमराज बस्नेतलले उद्योगबाट सही तरिकाले सिलेण्डर पठाइएको हुनाले डुलाउनेबाट बदमासी भएको हुनसक्ने भन्दै यस घटनामा प्रहरीले गहन अनुसन्धान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर