युक्रेनमाथि रूसको आक्रमणमा हालसम्म १३७ जनाको मृत्यु

खबर पूर्वाञ्चल, १३ फाल्गुन २०७८, शुक्रबार १०:५०
486
Shares
विराटनगर / रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिण तीनै दिशाबाट पूर्ण क्षमताको सैन्य कारवाही गर्दा कम्तीमा एक सय ३७ जना सर्वसाधारण तथा सैनिककोे मृत्यु भएको छ ।

रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो छ । आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छोड्न चाहनेको संख्या पछिल्लो समय बढ्दो छ।

आक्रमण शुरु भएकै दिन हिजो एकै दिनमा १ लाखभन्दा बढी नागरिकले राजधानी किभ छोडेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । झण्डै ५ लाख मानिस बसोबास गर्ने बन्दरगाह शहर मुरिपोलमा पनि विष्फोट भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन माथिको आक्रमणपछि प्रतिक्रिया दिँदै रुसले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

युक्रेनबाट रुसमा सैन्य खतरा भएकोले त्यसको असैन्यीकरण गर्न कार्बाही गर्नु परेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ । साथै युक्रेन नव–नाजीहरुले सञ्चालन गरेको आरोप समेत पुटिनको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा सैनिक शाशन लागु गरिएको घोषणा गरेका छन् । रुसमाथि अमेरिका र बेलायतले नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जसमा बैंकहरूमा रहेको सम्पत्ति रोक्का गरिने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन माथि हतारमा गरिएको आक्रमणको रुसलाई महंगो पर्ने बताएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५