उपमेयर कार्कीद्वारा उद्यमशीलता विकास तालिमको अनुगमन

खबर पूर्वाञ्चल, २८ मंसिर २०७९, बुधबार १८:५४
216
Shares
विराटनगर / विराटनगरमा सञ्चालित पहिलो चरणको उद्यमशीलता विकास तालिमको उपमेयर शिल्पा निराला कार्कीले अनुगमन गरेकी छिन् ।

अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर कार्कीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर वडा नम्बर १७ मा सञ्चालित तालिमको अनुगमन गरेकी हुन् ।

गत वर्ष लघु उद्यमशीलता तालिम विराटनगर १६ र १९ नम्बर वडामा सञ्चालन भएको थियो । यस वर्ष विराटनगर ४ र १७ मा सञ्चालन भइरहेको छ । ८ दिने तालिममा महिलाहरुलाई उद्यमशीलता तालिम दिइनेछ । तालिममा सहभागीहरुलाई व्यवसायको योजना कसरी बनाउने, स्थानीय बजारको माग के छ भन्ने सैद्धान्तिक ज्ञान दिइने आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले जाकारी दिए । उनका अनुसार यो तालिमपछि उनीहरुकै मागका आधारका समूहगत छलफल गरेपछि उनीहरुले चाहेको थप सीपविकास तालिम दिइन्छ ।

जुन तालिम लिएका छन् त्यसैअनुसार प्रविधिमा महानगरले सहयोग गर्ने उनले बताए । दुईवटा वडामा सञ्चालित तालिममा ८५ जना नयाँ उद्यमी सिर्जना गरिनेछ । गत वर्ष पनि ८५ जनाले तालिम लिइएका थिए । अनुगमनमा उपमेयर कार्कीसहित अनुगमन समितिकी सदस्य सरिता घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, महिला लघु उद्यमीकाका तर्फबाट सुनिता छाराहाङलगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५