AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको जहदामा माओवादीको प्रतिवद्धता पत्र सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७९, बुधबार १३:३३
135
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

माओवादीबाट जहदा गाउँपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरूको उपस्थितमा पार्टीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

जारी प्रतिवद्धता पत्रमा गाउँपालिका जोड्ने सबै सडक कालोपत्रे गर्ने, गाउँपालिका भित्रको सम्पूर्ण टोलमा विद्युत लाइन प्रसारण गर्ने, आर्थिक विपन्न परिवारको निःशुल्क स्वास्थ्य वीमा गरि स्वास्थ्य उपचार गरिने व्यवस्था गरिने उल्लेख छ ।

यसैगरि विरामीलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुचा गरिने, पालिका भित्र ३० शैय्याको सुर्वशुलभ अस्पताल निर्माण गरि आकस्मिकसहितको सेवा संचालनमा ल्याउने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, ‘मेरो विद्यालय म बनाउछु’ प्रधानध्यापक कार्यक्रम माफर्त प्रत्येक वर्ष सिकाइ वृद्धि गर्न जिम्मेवार र शिक्षकलाई जवाफेही बनाइने प्रतिवद्धता पत्रमा उल्लेखछ ।

कृषिको पकेट क्षेत्रको रूपमा रहेको जहदामा किसानहरूको तथ्याङ संकलन गरि वर्गाीकरण गर्ने, कृषकहरूलाई खाद्य मल, विउ विजन र अन्नवाली भण्डारण गनृ भण्डार कक्षको व्यवस्था गरिने उल्लेख छ ।

गरिबी न्यूनिकरणको लागि विशेष कार्यक्रम संचालन गरिने, सुशासन कायम गर्दै भ्रष्टचार मुक्त गाउँपालिका निर्माण गरि सेवा प्रभाह सहज र सर्वशुलभ बनाउने, पालिकाभित्रको भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र विकासमा विशेष जोड दिने माओवादीबाट जहदा गाउँपालिकामा अध्यक्षको उम्मेदवार राजकुमार यादवले बताए । यस्तै सार्वजािनक स्थलमा निःशुल्क इन्टरनेट जडान गर्ने, पालिका स्तरीय पर्यटक स्थलको छनौट गरी निर्माण र संरक्षणको व्यवस्था गर्ने, जहदामा वर्षेपिच्छे बाढि न्यूनिकरण गर्नका लागि नदी नियन्त्रण र तटबन्धनको निर्माण गर्ने अध्यक्षका उम्मेदवार यादवले बताए ।

सुशासन कायम गर्दै गाउँपालिका बनाउने संकल्प बोकेर चुनावी मैदानमा उत्रिएको उनले बताए । ‘हामीले घोषणा गरेको प्रतिवद्धता पत्र निर्वाचित भएर गएपछि लागू गर्ने प्रतिवद्धता जाहेर गर्दछौं,’ उनले भने, ‘यसअिघ निर्वाचित प्रतिनधीहरूले गर्न नसकेको काम हामी गरेर देखाउनेछौं । नमूना गाउँपालिका बनाउने योजना हामीसँग रहेको छ ।’

प्रतिवद्धता पत्र घोषणा कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्षको उम्मेदवार गुलावकुमारी महतो, वडा नं. १ को वडाअध्यक्षका उम्मेदवार शानदेव (मिथलेश) खरबरिया, २ का सुरेश हेमरम, ३ का रमेशकुमार राजवंशी, ४ का राज कुमार मण्डल, ५ का जय प्रकाश (चन्दन) मण्डल, ६ का सूर्यानन्द मण्डल र ७ का वडाअध्यक्षका उम्मेदवार अमित कुमार मण्डलको सहभागिता रहेको थियो ।

कार्यक्रममा माओवादीका युवा नेता देवा यादवले माओवादीले पार्टीले पठाएका उमेदवारले विजयी प्राप्त गरेपछि नागरिकको पक्षमा काम गराउन सधैं खबरदारी र सुझाव दिइने बताए । उनले यस पटक माओवादीले निर्वाचनमा विजयी हाँसिल गर्ने बताउँदै जहदाको विकासका लागि माओवादीले कै नेतृत्व आउनुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर