AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सत्ता गठबन्धन सरकारमा बाँडीचुडी खानका लागि मात्र बनेको हो : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७९, शनिबार १४:५९
171
Shares
इटहरी / पाँच दलीय सत्ता गठबन्धन सरकारमा बाँडीचुडी खानका लागि मात्र बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेआरोप लगाएका छन् ।

सुनसरीको इटहरीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष आलीले भने,‘सत्तारुढ गठबन्धन भनेको खाएर, चुसेर ढाडिएकाहरुको गठबन्धन हो, यो गठबन्धन बाँडिचुडी खानका लागि मात्र बनेको हो ।’

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी मात्र भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर ५ दलले गठबन्धन गरेको समेत बताए।

गठबन्धनलाई भोट दिन नहुने भन्दै अध्यक्ष आलीले भने,‘ बाँडिचुँडी खानकै लागि भएको गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला गर्ने जिम्मा मतदातामा नै छ ।’

इटहरीको विकासको जिम्मा आफुले लिने बताउँदै ओलीले भने,‘तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस, इटहरीको विकासको जिम्मा म लिन्छु ।’ एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर