animated ellipse animated ellipse

इंग्ल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्ड पहिलो पटक टि–२० विश्वकपको फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७८, बिहीबार ०८:०४
459
Shares
विराटनगर / ५० ओभरको साविक विश्व विजेता इंग्ल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्ड पहिलो पटक टि–२० विश्वकपको फाइनल पुगेको छ । यस अघि सन २००७ र २०१६ मा न्युजिल्याण्डको यात्रा सेमीफाइनलबाट टुंगेको थियो ।

युएईमा जारी सातौ संस्करणको टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो ।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा इंग्ल्याण्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्याण्डले १ ओभर बाँकी छदै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर डेरेल मिचेलले सर्वाधिक ७२ रन बनाए अविजित रहे । उनले ४७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै डेभोन कनवेले ३८ बलमा ५ चौका र १ छक्का मद्दतले ४६ रन बनाए र जेम्स निशमले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २७ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा ओपनर मार्टिन गप्टिललाई सुरुवातमै क्रिस वोक्सले क्याच आउट पारे । पावरप्लेमा न्युजिल्याण्डले २ विकेट क्षेतीमा ३६ रन बनायो । त्यसपछि डेभोन कनवे र डेरेल मिचेलले तेश्रो विकेटको लागि ८१ रनको साझेदारी गरे । चौधौं ओभरमा कनवेलाई लियाम लिभिंगस्टोनले क्याच आउट पारे भने लगत्तै उनले ग्लेन फिलिप्सलाई पनि क्याच आउट पारे ।

जितको लागि २४ बलमा ५७ रन आवश्यक हुँदा क्रिस जोर्डनले गरेको १७ औं ओभरमा २३ रन खर्चिए । निशमले २ छक्का र १ चौका प्रहार गरे । अठारौं ओभरमा आदील रशिदले १४ रन खर्चे पनि अन्तिम बलमा निशमलाई क्याच आउट पार्दै इंग्ल्याण्डलाई खेलमा फर्काए । जितको लागि अन्तिम २ ओभरमा २० रन आवस्यक रह्यो । क्रिस वोक्सले गरेको उन्नाईसौं ओभरको दोश्रो र तेश्रो बलमा मिचेलले लगातार छक्का तथा अन्तिम बलमा चौका प्रहार गर्दै खेल जिताए ।

इंग्ल्याण्डका लियाम लिभिंगस्टोन र क्रिस वोक्सले समान २–२ विकेट लिए भने आदील रशिदले १ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ओभर खेल्दै ४ विकेट क्षेतीमा १६६ रन बनाएको थियो । इंग्ल्याण्ड मोइन अलिले सर्वाधिक ५१ रन बनाए र उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । डेविड मलानले ४१ रन बनाउँदा जोस बटलरले २९ रन, लियाम लिभिंगस्टोनले १७ रन तथा जोनी बेयरस्टोले १३ रन बनाए । मलान र अलि बीच तेश्रो विकेटको लागि ६३ रनको साझेदारी भयो ।

न्युजिल्याण्डका टिम साउदी, एडम मिल्ने, इश सोढी र जेम्स निशमले समान १– १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर