animated ellipse animated ellipse

विराटनगर सडक सौन्दर्यकरण अभियान शुभारम्भ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ असार २०८१, शनिबार १७:१९
315
Shares
विराटनगर / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाको आज शुभारम्भ गरिएको छ ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर वडा नं ६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फुलको विरुवा रोपी अभियानको शुभारम्भ गर्नु भएको छ ।
महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं विरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिन थप अन्य क्षेत्रमा सौन्दर्यकरण अभियान अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाको रुपमा लिनु पर्ने बताए ।
महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मेडिएम (डिभाइडर)  सडक सौन्दर्यकरण अभियान सम्पन्न गरिने  अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिए ।
सो अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रलाई हराभरा बनाउन यस कार्यले मद्दत पुगेको बताए । फूल र विरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल लगाउनेलगायतका कार्य सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर