AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको जहदामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता चैत्र २६ गतेदेखि हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०७८, शुक्रबार १५:५६
207
Shares
विराटनगर / आउँदो चैत्र २६ गतेदेखि मोरङको जहदा गाउँपालिकामा ‘अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०७८’ हुने भएको छ ।

लक्ष्मिनिया युवा क्लबको आयोजनामा जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म वडास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको बारे जानकारी दिएको छ । प्रतियोगितामा आयोजक लक्ष्मिनिया युवा क्लबका साथै जहदा गाउँपालिकाका ७ वटै वडाले सहभागिता जनाउने आयोजक संस्थाका अध्यक्ष नितेशकुमार साहले बताए । उनले लिगकम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा कुल ७ वटा खेलहरु हुने जानकारी दिए । ‘प्रतियोगिताका लागि ८ वटै टीमलाई समुह ‘क’ र समुह ‘ख’ गरी दुई समुहमा विभाजन गरिएको छ,’ उनले भने, ‘दुवै समुहका टीमले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।’

प्रतियोगिमा समुह ‘क’ बाट चैत्र २६ गतेको पहिलो खेल जहदा–४ र जहदा–७ तथा चैत्र २८ गतेको तेश्रो खेल जहदा–२ र जहदा–३ बिच हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार समुह ‘ख’ बाट चैत्र २७ गतेको दोश्रो खेल जहदा–१ र जहदा–५ तथा चैत्र २९ गतेको चौथो खेल जहदा–६ र आयोजक लक्ष्मिनिया युवा क्लबबिच हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाईनल खेल चैत्र ३० गते बुधबार र दोश्रो सेमिफाईनल खेल बैशाख २ गते शुक्रबार हुने जनाईएको छ ।

पहिलो सेमिफाईनलमा समुह ‘क’ बाट पहिलो र तेश्रो खेलको विजेता तथा दोश्रो सेमिफाईनलमा समुह ‘ख’ बाट दोश्रो र चौथो खेलको विजेता टीमले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष साहले बताए । अध्यक्ष कप प्रतियोगिताको फाईनल चरणको खेल भने बैशाख ३ गते शनिबार हुने उनले जानकारी दिए ।

चैत्र २६ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन भने प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले गर्ने तयारी छ । जहदा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिता नियमित रुपमा दिनको १२ बजेदेखि सुरु हुने जनाईएको छ । खेलको विजेता तथा उप–विजेताले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्नेछन् ।

लक्ष्मिनिया युवा क्लबले भने यसअघि पनि २०७५, २०७६ र २०७७ मा ३ पटकसम्म क्रिकेट प्रतियोगिताको आयोजना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर