लुम्बिनी घटनाको कांग्रेस संसदीय दल प्रदेश १ द्वारा आलोचना

खबर पूर्वाञ्चल, १९ बैशाख २०७८, आईतवार १९:०४

विराटनगर / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्ताव सामान गर्नुको साटो अल्पमत भएकै अवस्थामा फेरि मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको भन्दै कांग्रेस संसदीय दल १ नम्बर प्रदेशले टिप्पणी गरेको छ ।

निर्वाचित सांसद विमला वलीले माओवादी केन्द्रको साथ दिएको र विपक्षीले प्रदेश प्रमुख समक्ष वहुमत सांसदको हस्ताक्षरसहितको निवेदन बुझाई सकेपछि नैतिक रुपमा मुख्यमन्त्री पदमा पोखरेल वहाल रहन नमिल्ने कांग्रेसको ठहर छ ।

संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्ताव आएको अवस्थामा त्यसको सामना गर्नुपर्दथ्यो तर प्रदेश सभाका सदस्यहरुले समावेदन दिएर डाकिएको प्रदेश सभा अन्त्य गर्न नमिल्ने बताए । भने,“प्रदेश सभा बैठक संचालन गरेर अविश्वास प्रस्तावको सामान गर्नुपर्दथ्यो ।” जोर जर्बजस्ती रुपमा प्रदेश प्रमुखले वहुमत नै नभएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री बनाउन नमिल्ने कार्कीले दाबी बताए ।

लुम्बिनीमा देखिएको राजनीतिक जोरजर्बजस्तीको रोग प्रदेश १ र अन्यत्र पनि सर्न सक्ने भएकोले विपक्षीले वहुमतसहित प्रस्ताव गरिएका सांसदलाई मुखयमन्त्रीमा नियुक्त गर्नुपर्ने कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५