RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ श्रावण २०७७, बिहीबार १२:०१
3
Shares
विराटनगर/ विराटनगरको कोशी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी (बहिरंग) सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको कारणले अर्को सूचना नआउने दिनसम्मका लागि अस्पतालको ओपीडि सेवा आजदेखि बन्द गरेको हो । अस्पतालमा औषधी छिटेर सेनिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना जारी नहुनुजेलसम्मको लागि ओपीडि सेवा बन्द गरेको कोशी अस्पतालका सुपरिटेन्डेन्ड मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोरोना देखिएपछि अस्पतालको ओपिडि बन्द गरिएको हो,’ मेसु दासले भने, ‘ओपीडि बन्द गरेपछि अहिले अस्पताल सेनिटाइजर गरिने काम हुनेछ । त्यसपछि अस्पतालको ओपिडि सुचारू हुनेछ ।’ उनका अनुसार हालसम्म अस्पतालको ३५ भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको जानकारी दिए ।

अस्पतालको ओपिडि इन्चार्जसहित एक कार्यालय सहयोगमा बुधबार राति कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । धेरै विरामीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि तनाब देखिएको छ ।

यसअघि अस्पतालका एक नर्स र डाक्टरमा कोरोना देखिएको थियो । विराट नर्सिङ होममा पनि कार्यरत नर्समा कोरोना देखिएको थियो भने गत शनिबार सप्तरी घर भएका कोशी अस्पतालका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको थियो । ती चिकित्सकको कन्ट्याक टे«सिङ गर्दा ओपिडी इञ्चार्ज र कार्यालय सहायकको सम्र्पकमा रहेकोे देखिएपछि स्वाब संकलन गरिएको थियो ।

पछिल्लो समय अस्पतालमा दैनिक ६ सय बढि विरामी आउने गरेका थिए । अन्य अस्पतालले कोरोनाको बहानमा उपचार बन्द गरेको अवस्थामा पनि कोशीले आफ्नो सेवा सुचारु गरेको थियो । ओपीडी सेवा बन्द भएपनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।

अस्पतालले गेट बन्द गरेर गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँसेको छ । अत्यावश्यक विरामीलाई पनि गेटबाट छिर्न दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर