खबर पूर्वाञ्चल
हिजो बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्तकुमार राई र उनकै छोरा कुबेर बिच बादविवाद भई झगडा हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्तकुमारलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले आज ईलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई कुवेरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।