AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाबुको हत्या गर्ने छोरा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०७७, शुक्रबार १९:३७
3
Shares
सोलुखुम्बु, / सोलुखुम्बु महाकुलुङ गाँउपालिका ४ बाट आफ्नै बाबुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाँउका १९ बर्षीय कुवेर राई रहेका छन् ।

हिजो बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्तकुमार राई र उनकै छोरा कुबेर बिच बादविवाद भई झगडा हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्तकुमारलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले आज ईलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई कुवेरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर