लकडाउनको कारण विराटनगरमा अलपत्र परेका सर्वसाधरणलाई शैक्षिक संस्थाद्वारा उद्दार

खबर पूर्वाञ्चल, १५ बैशाख २०७७, सोमबार १७:४५
तस्वीर साैजन्य : अर्जुन श्रेष्ठ

विराटनगर / लामोसमय देखि लकडाउनको कारण विराटनगरमा अलपत्र परेका सर्वसाधरण र विद्यार्थीलाई प्याब्सन विराटनगर, हिसान मोरङ र एन प्याब्सन मोरङको यातायात सहयोगमा विराटनगर महानगरपालिकाले उद्दार गरेको छ ।

विराटनगरवाट आज सामाजिक दुरी कायम गरी चौध वटा स्कूल बसमा ३ सय ८५ जना सर्वसाधरण र विद्यार्थीलाई उद्दार गरेको हो । उनीहरुलाई उद्दार गरि निजी स्कूल बसमा हालेर ईलाम, झापा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही र धनुषा पठाइएको प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताए । सचिव श्रेष्ठका अनुसार उनीहरु सवैलाई निःशुल्क आ–आफ्नो गन्तब्यमा पुर्याएको बताए ।

लकडाउनका कारण विराटनगरमा अलपत्र परेका विद्यार्थीहरु तथा सर्वसाधारणहरुलाई सहज र सरल किसिमले आफ्नो घर पुर्याउन अझै पहल गर्ने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बतााए । सवारीका क्रममा लाग्ने इन्धन र सवारी चालक, सहचालकलगायतलाई सेवासुविधा उपलब्ध महानगरले गराएको थियो ।

बसलाई सेनीटाईज गर्ने , यात्रुलाई मास्क दिने तथा यात्रुको ज्वोरो जाचँ गरेर मात्रै पठाइएको विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले बताए । आगामी दिनमा पनि सम्पर्कमा आएका समस्यामा परेका व्यक्तिलाइ पठाउने प्रमुख पराजुलीले बताए । एक महिना लामो समयबाट बिराटनगरमा बन्दाबन्दीका कारण अड्किएका मानिसहरु आफ्नो गन्तब्यमा जान पाउदा खुशी देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५