animated ellipse animated ellipse

कान्तिपुर कलेजमा विद्यार्थीको भिड, प्रवेश परीक्षामा १ हजार ४३५ विद्यार्थीले दिए परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०८०, बुधबार २२:०१
288
Shares
विराटनगर / विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ ।

कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन अध्ययन गर्नको लागि कान्तिपुर कलेजमा विद्याथीहरुको आज प्रवेश परीक्षा लिएको हो ।

८५० जनाको कोटामा १ हजार ४ सय ३५ जना विद्यार्थीले कान्तिपुर कलेजमा प्रवेश परीक्षा दिएको कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कान्तिपुरमा विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ३५० र होटल व्यवस्थापनमा १५० जनाको कोटा रहेको छ ।

विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिन थालेका छन् । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण कान्तिपुरमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर