animated ellipse animated ellipse

नेपाललाई हिमालयन टुरिजम अवार्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ आश्विन २०८०, बिहीबार १८:५८
99
Shares
विराटनगर / नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ ।

भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिमा आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड पाएको हो ।

यो अवार्ड नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराई र निवर्तमान अध्यक्ष उदय श्रेष्ठले ग्रहण गरेका थिए । सात सयभन्दा बढी पर्यटकीय गन्तव्यहरू मध्ये नेपाल टुरिजमको क्षेत्रमा उत्कृष्ट रहेको भन्दै हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिपमेन्ट अवार्ड प्रदान गरेको हो । भारतले विभिन्न २० विधामा अवार्ड बितरण गरेको थियो । भुटानले पनि अवार्ड पाएको छ ।

अवार्ड बितरण कार्यक्रममा नेपालको उत्कृष्ट पर्यटकीय गन्तब्यकोे डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नाट्टा कोशी प्रदेशका अध्यक्ष भट्टराईले घुम्नको लागि नेपालमा मनोरम पर्यटकीय गन्तव्यहरहरू रहेको जानकारी गराउँदै घुम्न आउन अग्रह गरे ।

सोही अवसरमा नेपाली संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरी कार्यक्रम थप रमाइलो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर