खबर पूर्वाञ्चल
आर्थिक वर्ष २०७६–०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको अनुगमन गरिएको छ । मन्त्री घिमिरेले विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ नम्वर वडाका योजनाहरुको अनुगमन सकेका हुन् । हरेक शनिबार मन्त्री घिमिरेले योजनाको अनुगमन र निर्वाचन क्षेत्रका बासिन्दासँग छलफल गर्दै आएका छन् ।
कार्यक्रम, योजनाका बारेमा स्थानीयबासीका सुझाव र सल्लाह अनुसारको योजना बनाउने गरेको मन्त्री घिमिरेले बताए । उनले हरेक शनिबार योजना अनुगमन र स्थानीयसँगको छलफल अन्र्तक्रियालाई निरन्तरता दिने बताए । अनुगमनमा मन्त्री घिमिरेसँगै स्थानीयवासी, उपभोक्ता समितिका सदस्यहरु पनि सहभागी हुने गरेका छन् ।
सामाजिक विकास मन्त्री घिमिरेले आज विराटनगर १ अन्र्तगतका कार्यक्रम तथा योजनाहरुको अनुमगनका साथै जेष्ठ नागरिकहरुसँग छलफल पनि गर्नु भएको छ । जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि वजेट उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । मन्त्री घिमिरेले विराटनगर १ मा बाढीले कटान गरेको स्थानको पनि अनुगमन गरे । कटानले स्थानीय मञ्जु अधिकारीको घरमा क्षति पुगेकाले कटान नियन्त्रणका लागि ५ लाख उपलब्ध गराईएको छ ।
सांसद विकास कोष अन्र्तगत गत आर्थिक वर्षमा वडा नं. १ मा विष्णुमायाँ सामुदायिक भवनका लागि १५ लाख, विजयपुर टोल हुँदै जानकी मार्गमा वाल र तथा ग्राभेल सडकका लागि ५ लाख, चिनारी मार्ग पिच सडकका लागि १५ लाख, चिनारी मार्ग रिटेनिङ वाल निर्माणका लागि ७ लाख, शिव मार्ग नाला र ढलानका लागि ७ लाख ५० हजार, जेष्ठ नागरिक दिवा केन्द्र सञ्चालनका लागि २ लाख, शिव आधारभुत विद्यालयको घेरावाराका लागि ५ लाख, राधाकृष्ण भूपालमानसिंंह कार्की माविमा सूचना प्रविधि कार्यक्रमका लागि ६५ हजार, पाथिभरा मन्दिर जाने सडक निर्माणका लागि २० लाख, दुर्गा मन्दिर जाने सडक निर्माणका लागि ४५ लाख वजेट विनियोजन गरिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार गत आर्थिक वर्षका योजनाहरु सम्पन्न भएका छन् ।