AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रासस विराटनगरलाई मोटरसाइकल हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०७७, बुधबार २१:१३
3
Shares
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट राष्ट्रिय समाचार समित(रासस) प्रदेश १ कार्यालय विराटनगरलाई १५० सिसिका एक थान पल्सर मोटरसाइकल आज हस्तान्तरण भएको छ ।

सो मोटरसाइकल मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र उपसचिव कमलबहादुर थापाले संयुक्त रुपमा रासस प्रदेश प्रमुख मोहम्मद सदरुललाई साँचो हस्तारण गरेका हुन् ।

प्रदेश सरकारले सत्य, तथ्यका आधारमा जनतालाई सूचित गर्ने एक मात्र समाचार समिति राससलाई समय अनुकुल सुदृढ, सबलीकरण र सक्षम बनाउने आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले उद्घोष गरेपछि सो सवारी साधन प्राप्त भएको हो ।

मन्त्री कार्कीले यस अघि गुणस्तरीय समाचार सङ्कलन एवं सम्प्रेषण गर्न सहयोग पुग्ने उद्देश्यले राससमा आवद्ध प्रदेश स्तरका करिव ३३ जना समाचारदातालाई तीन दिने तालिम प्रदान गर्नुका साथै कार्यालयलाई व्यवस्थित बनाउन फर्निचर, क्यामेरा र ल्यापटप जस्ता सामग्री उपलब्ध गराइसक्नु भएको छ । अगामी दिनमा राससलाई थप केही सामग्री उलब्ध गराउने आश्वासन पनि मन्त्री कार्कीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर