खबर पूर्वाञ्चल
एभरेष्टले ५९ जनालाई पछि पार्दै महानगर स्तरिय हाजिरिजवाफ प्रतियोगिता जितेको हो । आर्दश स्कल दोस्रो भयो भने मदन नगर आधारभुत विद्यालय तेस्रो तथा बुढानिलकण्ठ स्कलले सान्तनामा चित्त बुझायो ।
प्रथम हुने एभरेष्टले नगद २१ हजार र ट्रफि हात पारेको छ भने दोस्रो हुने आदर्श १५ हजार, तेस्रो हुने मदनले १२ हजार र सान्तना हुने बुढानिलकण्ठले ६ हजार र ट्रफि हात पारेको थियो ।
मंगलबारदेखि शुरु भएको हाजिरिजवाफ प्रतियोगितामा विराटनगरका निजि तथा सामुदायिक गरि ६० विद्यालय सहभागि रहेको आयोजकले जनाएका छन् ।