animated ellipse animated ellipse

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०७७, सोमबार २०:१६
522
Shares
विराटनगर / भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

कोरोना संक्रमण देखिएका ८४ वर्षको मुखर्जीको आज नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको उनका छोरा अभितिज मुखर्जीले बिबिसी हिन्दीमा उल्लेख गरेका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो । गत मंगलबारदेखि नै मुखर्जिको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनी सन २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर