विराटनगर/ विराटनगर– ४ राजवंशी चौकमा सवारी दुर्घटनामा परि २ जना घाइते भएका छन् ।
आज दिउँसो भएको सवारी र्दुघटनामा परि मोरङ ग्रामथान गाउँपालिका १ का ३९ की चन्द्रकला मोदी र सोही ठाउँका ७० वर्षिय बाबुलाल माझी गम्भिर घाइते भएका हुन् ।
उनीहरूको उपचार बुढीगंगा गाउँपालिका – २ विराट मेडिकल कलेजमा उपचार भइरहेको निमुवा ट्राफिक प्रहरी बिटका प्रमुख असइ तुलामणि आर्चायले जानकारी दिए ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ४३२२ नम्बरको टिफरले सोही दिसातर्फ गइरहेको को २० प ३९२४ नम्बरको स्कुटरलाई ठक्कार दिएको प्रहरीले जनाएको छ । टिफरको ठक्करबाट स्कूटर चालक मोदी र सवार माझी घाइते भएका हुन् । घाइते भएका माझीको अवस्थामा गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउँकोमा चोट लागेको छ । प्रहरीले टिफर र चालकलाई नियन्त्रणमा लिएको छ ।