खबर पूर्वाञ्चल
प्रारम्भिक मतगणना अनुसार रंगेली नगरपालिका वडा न १ को मतगणना हुँदा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार मोदराज घिमिरेले २०१ मत प्राप्तगरि कांग्रेसलाई अग्रता दिलाएका छन् ।
त्यसैगरि रंगेली नगरपालिकाको निवर्तमान मेयर तथा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार दिलिप बगडियाले १४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार भुमा पराजुलीले १२९ मत प्राप्त गरेकी छिन् भने समाजवादि पार्टीका पन्नालाल मण्डलले ९५ मत प्राप्त गरेका छन् । अहिले रंगेली वडा न १ को मतगणना भईरहेको छ । वडाअध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले १६४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ८७ मत प्राप्त गरेका छन् ।यस वडामा कुल ३५४४ मत खसेको थियो ।