animated ellipse animated ellipse

तेलि कल्याण समाजले गर्यो रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ असार २०८१, शनिबार १६:४०
54
Shares
विराटनगर / तेलि कल्याण समाजले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।
१२ पिन्ट अत्ति आवश्यक भएका विमारीका लागि कार्यक्रम स्थलबाट नै संकलित रगत विभिन्न अस्पतालमा लगेका तेली कल्याण समाज मोरङका अध्यक्ष डाक्टर बालकृष्ण साहले जानकारी दिए ।

समाजका जिल्ला कोषाध्यक्ष रोहितकुमार साह, महिला समिति अध्यक्ष अम्बिका साह र गिता टेन्ट हाउस सञ्चालक तथा आजिवन सदस्य बुधन साह गरि ३ जनाले पहिलो रक्तदान गरि रक्तदान कार्यक्रमको शुरु गरेका थिए ।

तेली कल्याण समाजले आफ्नो समाजको लागि मात्र नभएर समग्र नेपालीका लागि समय समयमा बिभिन्न सेवाका कार्य गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर