बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघको पहल

खबर पूर्वाञ्चल, २९ माघ २०७९, आईतवार १९:०२
108
Shares

विराटनगर / बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरे । अध्यक्ष रिजालसहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्काे हुन गएको बताएका छन् । उनीहरुले बढीमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध समेत गरे ।

बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अर्थमन्त्री समक्ष अनुरोध गरिएको मोरङ व्यापार संघका अध्यक्ष रिजालले बताए । उनले विगतका पहलहरुबाट नेपाल राष्ट्र बैंक र बैंकहरुले निक्षेप लगायतका व्याजहरुमा केहि लचकता अपनाएको बताए । उनले ऋणीहरुको व्याज दर घटाउने कार्य चाहीँ भई नसकेको जिकिर गर्नुभयो । अर्थ मन्त्री पौडेलले विद्यमान निजी क्षेत्रका

उद्योगी/व्यवसायीहरुको पछिल्लो खस्कँदो अवस्थालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले केही लचक नियमहरु क्रमिक रुपमा ल्याइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५