AArya
RUMPUM
animated ellipse animated ellipse

भोलिदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघ कोशीको चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ बैशाख २०८२, बिहीबार १९:१३
207
Shares
विराटनगर / नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले जानकारी दिए । डा. साहका अनुसार संघका अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, तथा अन्य पदाधिकारीसँगै आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो ।

चिकित्सक संघको संशनिहाटस्थित कार्यालयबाट ¥यालीसहित चिकित्सकको टोलीले ज्ञापन पत्र बुझाउनुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । त्यसैगरी चिकित्सक संघ कोशी प्रदेशका प्रतिनिधि र इनरुवा अस्पतालका चिकित्सकसहितको टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा संघले सरकारसँग तीन प्रमुख मागहरू राखेको छ । पहिलो माग आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सक सरहको सेवा, सुविधासहित निर्वाह भत्ता दिने भनी गरिएको निर्णय निजी मेडिकल कलेजमा समेत लागू गर्नुपर्ने रहेको छ । त्यसैगरी दोस्रोमा आवासीय चिकित्सकहरूको कार्यसमय सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड निर्माण गर्नुपर्ने माग चिकित्सक संघले राखेको छ । देशभरका चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने तेस्रो माग राखिएको छ ।

वैशाख ११ गतेसम्म माग सुनुवाइ नभए वैशाख १२ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलन चर्काउने चेतावनी चिकित्सक संघ कोशीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर