RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’ सार्वजनिक(भिडियो सहित)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०८१, आईतवार १६:४२
153
Shares
विराटनगर/ राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।

लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’ नामक युट्यूब पेजबाट शनिवार अपरान्ह रिलिज भएको हो । रिलिज भएको छोटो समयमा संगीतप्रेमी दर्शकको राम्रो प्रतिक्रिया र भियूज बटुल्न सफल भएको छ ।

गीतको भिडियो र शब्दले मैथिली परिवेश सहितको समावेशी राष्ट्रियताको सन्देश बोकेको परिकल्पनाकार एवम गीतकार नवीन कर्णले बताए । यस गीतमा मोरङ,सुनसरीका चर्चित पत्रकार र समाजिक अभियन्ताहरुले भुमिका निर्वाह गरेका छन् ।

यस गीतको म्यूजिक भिडियोमा सामाजिक अभियन्ताहरु प्रवीण नारायण चौधरी,कमलेश कर्ण, सचिन कर्ण,प्रदीपकुमार दास र आभा अनुपमा सहित मोरङका सक्रिय पत्रकारहरु नवीन कर्ण,कमल रिमाल,सन्तोष सिग्देल, पुष्पराज थपलिया, सुशीला पाठक, सोनुकुमार दास तथा वीरेन्द्र साहले अभियनय गरेका छन् ।
यस्तै श्याम सुतिहार,उषा सरदार,हुसैन शेख,सरिता कर्मकार,सन्जना दास,कपलेश यादव र प्रवीण कर्णको अभिनय छ । म्युजिक भिडियोमा निलू कर्ण,विनिता कर्ण र रानी कर्णलगायतले समेत भुमिका निर्वाह गरेका छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन भने छायांकन धिरेन्द्र साह र श्रृंगार अशोक मण्डलको रहेको छ । भिडियोको सम्पादन तथा रंग संयोजन हुसैन शेखले गरेका छन् ।

यस गीतमा जागेश ठाकुर संगै चर्चित गायकहरु राकेश पासवान,शंकर दास,धर्मेन्द्र शर्मा र बिमला पासवानले स्वर दिएका छन् । मधेश प्रदेशको सिरहास्थित मिर्चैयाको ए.एफ.प्रोडक्सन स्टुडियोमा यस गीतको स्वरांकन गरिएको थियो ।

गीतमा पत्रकार नवीन कर्ण र कर्ण संजयको शब्द छ भने संगित धर्मेन्द्र शर्माको रहेको छ । मैथिली अनलाइनको युट्यूब पेजमा यो गीत हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर