विराटनगर / देशको अर्थतन्त्रलाई बलियो टेवा दिन एनआईसि एशिया वैंकले विभिन्न सूपर चमत्कारिक कर्जा आज प्रदेश १ को राजधानी विराटनगरमा सार्वजनिक गरेको छ।
वैंकको प्रदेश कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा कोभिड –१९ महामारीबाट प्रभावित हुदै गइरहेको अवस्थामा साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन दिन सूपर घर, व्यवसाय र सवारी कर्जामा ८.२५ व्याज तथा ०.२५ सेवा शुल्क लाग्ने गरी उपलव्ध गराउने प्रदेश प्रमुख दिपक थापाले घोषणा गरे ।
उनले एक वर्षसम्म निश्चित व्याजदर एवं ग्राहकको चाहना अनुसार किस्ता तय गरी ४८ घण्टा भित्र निर्णय हुने गरी २१ वर्षदेखि ८० वर्षसम्म उमेर समूहले पाँच वर्षदेखि ३० वर्षको समयअवधिका लागि ४ लाखदेखि दुई करोडसम्म घर,सवारी र व्यवसाय कर्जा उपलव्ध गराउने व्यवस्था रहेको जानकारी दिए । उनले पहिलोे पटक घर जग्गाको मूल्याङकनको ७० प्रतिशत कर्जा उपलव्ध गराउनुका सार्थै रिकण्डिशन गाडीमा समेत कर्जा लगानी गर्ने व्यवस्था रहेको बताए ।
यसका साथै अन्य वैंकमा घर, सवारी र व्यवसाय कर्जा भएमा वैंकले स्वाप गरी आर्थिक भार कम गर्ने गरी कर्जाको व्यवस्था मिलाएको जानकारी दिए ।
वैकले कर्जाका लागि बेवसाईट मार्फत अनलाईन निवेदन दिन सक्ने व्यवस्था गर्नुका साथ ३४४८८ मा लोन टाइप गरी छोटो सन्देश वा वैंकको ९८०१२२७७५५ मा मिस कल गरेमा थप जानकारी प्राप्त हने सोही अवसरमा बताइयो ।
वैंकको अहिले २१ लाख ग्राहकले ३२६ शाखा, ४६४ एटिएम, १०१ एक्स्टेन्सन काउण्टर एवं ६१ बटा शाखा रहित वैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको छ ।
वैंकले गत आर्थिक वर्षसम्म नेपाल सरकारलाई ३ अर्व १५ करोड राजश्व भुक्तानी गरिसकेका विज्ञप्तिमा उल्लेख गरेको छ ।
वैंकले अन्य कुनै वैंक नभएको दुर्गम जिल्लाहरुका ३४ स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ।
तपाईको प्रतिक्रिया