animated ellipse animated ellipse

नागरिकताको विषयमा छानवीन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन् भो : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०८१, बिहीबार १९:४१
126
Shares
विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषय छानविन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताएका छन् ।

आज विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयको आग्रभागमा स्थापना गरिएको मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले नागरिकताको विषय छानवीन गर्दा प्रेस स्वतन्त्रता हनन नभएको प्रस्टाए। उनले भने, ‘एक जना मान्छेको नागरिकताको विषयमा छानवीन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन् भो । कहाँबाट प्रेस स्वतन्त्रता हनन् भयो । प्रेससंग के सम्बन्ध यसको ?’

गृहमन्त्री भएपछि विभिन्न विषयमा कार्वाहीका कुरा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सबै कुरालाई नेपाली काँग्रेसले अति बांगोटिंगो गरि अघि बढाएको आरोप लगाए । गृहमन्त्री रवि लामिछानेले कान्तिपूर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँधेको भन्ने चर्चाको सन्दर्भमा ओलीले भने, ‘संयोग त्यस्तो पर्यो होला नि ? गृहमन्त्री भएपछि अब कार्वाहीका कुराहरु अगाडि बढ्लान ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर