animated ellipse animated ellipse

केभिएम स्कुलमा विज्ञान प्रर्दशनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०८०, आईतवार १६:३९
684
Shares
विराटनगर / विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आज विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् ।

विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले हाइड्रालिक, वाटर मिल, वाटर साइकल, रोर्बट, मोडल अफ सिटी, सोलर सिस्टम, मोडल अफ भिलेजलगायतका दुई दर्जन बढी विभिन्न बस्तु बनाएर प्रर्दशनीमा राखेको स्कुलका निर्देशक सिएम रिजालले जानकारी दिए ।

विद्यार्थीहरुले अध्ययन गरेको विषयबस्तुहरु प्राक्ट्रिकल रुपमा अभ्यास गरेर प्रर्दशनीमा राखेको उनले बताए । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रर्दशनीले ठूलो सहयोग मिल्ने उनले बताए ।

कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दासले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी बढाएर लैजानुपर्नेमा जोड दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रर्दशनीले ठूलो सहयोग मिल्ने उनले बताए । गुणस्तरीय शिक्षासँगै आजको आवश्यकता सिप मुलक शिक्षा भएको बताए । विद्यालयहरुले संस्कारसहित सीपयुक्त शिक्षा प्रदान गरि विद्यार्थीहरुलाई स्वरोजगार बनाउनुपर्नेमा उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर