RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को १४ जिल्लामा यात्रु सहायता कक्ष सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७८, आईतवार १७:१५
756
Shares
विराटनगर /चाडपर्वलाई लक्षित गरि प्रदेश १ को जिल्ला जिल्लाहरूमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालन आएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले आज एक कार्यक्रमको बिचमा यात्रु सहायता कक्षको उद्घाटन गरि सञ्चालनमा ल्याएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा बनाएको यात्रु सहायता कक्षको उद्घाटन डिआइजी बिसीले गरेका थिए । कार्यक्रममा बोल्दै उनले चाडपर्वलाई लक्षित गरि प्रदेश १ को १४ जिल्लामा यात्रु सहायता कक्ष संचालनमा ल्याएको जानकारी गराए । ‘यात्रुहरूलाई सहजता प्रदान गरिन हामीले १४ जिल्लाहरूमा एक साथ प्रहरी दिवसको अवसर पारेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौं,’ डिआइजी बिसीले भने, ‘ यात्रु सहता कक्षमा प्रहरी रहन्छ । यात्रुलाई परेको समस्याहरू बुझेर समस्याको सावधान गर्नेतिर लाग्नेछन् ।’

ट्राफिक प्रहरीले सडकको राजदुतको हिसाबले काम गरेको जानकारी दिदै डिआइजी बिसीले ट्राफिक व्यवस्थापनमा प्रहरी अग्रभावमा रहेर काम गर्दै आएको बताए । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरणको लागि एकल प्रयासले मात्र सम्झव नहुने भएकोले सबै जिम्मेवार भएर अगाडी बढानुपर्नेमा उनले जोड दिए ।

मोरङको पाँच स्थानमा यात्रु सहायक्ष कक्ष स्थापना गरि सञ्चालनमा ल्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए । उनका अनुसार विराटनगर बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको बताए ।

दसैँ, तिहार र छठ पर्वलाई लाई लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिने ट्राफिक प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिने भएको हो,’ उनले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गरिनेछ ।’ यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म दुईजना प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । कोभिड १९ बाट बच्न स्वास्थ्य मापदण्डको पालना गराउदै सामाजिक दुरी कायम पनि गरिने उनले बताए ।

कार्यक्रममा १ नंं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी बासुदेव खतिवडा, जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमला, नेपाल यातायत व्यवसायी महासंघ मोरङका संयोजक राजन कडेलललायले बोलेका थिए । सोही अवसरमा चार दशक देखि ट्राफिक नियम पालान गरि सवारी चालउने तीन जना चालकहरूलाई पनि सम्मान गरिएको छ । यसरी सम्मानित हुने चालकहरूमा धर्मकुमार अधिकारी, दिपक बुर्जा मगर र अम्बिका अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर