खबर पूर्वाञ्चल
कोरोना पोजेटिभ देखिएपछि विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा आज पठाएको एसपी पोखरेलले बताए । संक्रमित देखिएको प्रहरी एक सातादेखि विदामा बसेर होम क्वारेन्टिनमा बसेका एसपी पोखरेलले जानकारी दिए ।
एक जना प्रहरीमा संक्रमित देखिएपछि आज २२ जना प्रहरीको स्वाब संकलन गरिएको छ । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरङ र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरङको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले बताए ।
प्रदेश १ मा आज ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।