खबर पूर्वाञ्चल
तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्र्तगत मोरङ र सुुनसरी जिल्लामा गत आर्थिक वर्ष २०६७/७७ मा ५० करोडको लागतमा सडक विस्तार एवं कालोपत्रे गर्ने काम सम्पन्न गरेको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी सडक डिभिजन कार्यालय विराटनगरका प्रमुुख पशुुपती ज्ञवालीले जानकारी दिए ।
सुनसरी र मोरङ जिल्ला कार्य क्षेत्र रहेको कार्यालयले सुनसरीको कोशी व्यारेज –इनरुवा ,साहेवगञ्ज वर्जु गाउँ, चिमडी,कप्तानगंजदेखि नयाँ हटिया, देवानगञ्ज,इनरुवा चौधरी टोलदेखि मधेशा , झक्कन झोडा देखि मधेशासम्मको सडक कालोपत्र एवं विस्तार गरेको हो । यसैगरी सुनसरी जिल्लाको धरान बजार, वरगाछी, भोटेपुल क्षेत्रमा कालोपत्रे एवं सडक विस्तार गरिएको छ ।
कार्यालयले इटहरीदेखि कोशी व्यारेज तथा धरानदेखि भेडेटारसम्मको १९ किलोमिटर सडक खण्डको मर्मतसम्भारको काम सम्पन्न गरेको छ ।
मोरङ सुनसरीको पूुर्व पश्चिम राजमार्ग तथा सहायक मार्गको स्तरउन्नती पुुल पुुलेसाको मर्मत सम्भार गरेको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी नितिष झाले बताए ।
यसैगरी मोरङको रामचोक, वरडङ्गा,आमबारी, उर्लावारी,भाउन्ने, आमतोला, पूर्वपश्मि राजमार्ग अन्तर्गत विराट चोक लगायत क्षेत्रमा कालोपत्रे एवं सडक विस्तार गरेको छ ।
कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षा एवं सामाजिक दुरी कायम निमार्णको कामलाई निरन्तरा दिइएको कार्यालय प्रमुख ज्ञवालीले बताए ।
यसैगरी कार्यालयले ३७ करोडको लागतमा तीन बटा मोटरेवल पुलको निर्माण कार्य सम्पन्न गरेको सूचना अधिकारी झाले जानकारी दिए ।
कार्यालयले मोरङ र सुनसरीको भित्री सडक अन्तर्गत जुडी खोला, थलहा र धमना खोलामा पुल निर्माणबाट स्थानीय जनतालाई सहज आवतजावतमा सुविधा पुगेको छ ।
स्थानीय नागरिकलाई लामो समयदेखि उक्त खोलामा पुुल नभएका कारण वर्षातमा सदरमुकाम लगायत बजार क्षेत्रमा आफ्नो उत्पादन विक्री वितरण र घरेलु सामग्री खरीदका लागि कठिनाई भोग्दै आएकोमा पुल निर्माणबाट सहज भएको छ ।
पुल निर्माणबाट उक्त क्षेत्रका करीव एक लाख जनतालाई आजवत जावत एवं ढुवानीमा सहज भएको छ । लकडाउनको समयमा मुुख्य राजमार्गसंग सिमा जोडिएका सडकको स्तरउन्नती गर्नुुका साथै लामो समयदेखि जग निमार्ण भएर छुुटेका तथा ढलान गर्न वाकि रहेका पुुलहरुको निमार्ण सम्पन्न गरेकाले अहिले वर्षाको समयमा पनि आवत जावतगर्न सहज भएको कार्यालय प्रमुुख ज्ञवालीको भनाई रहेको छ ।
यसैगरी यस वर्ष राजमार्ग मर्मत एवं कालोपत्रे एवं पुलका लागि ६३ करोड बजेट विनियोजन गरिएको सूचना अधिकारी झाले बताए । उनले यस वर्ष कार्यालयले मोरङ र सुनसरी जिल्लामा २५ बटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य लिएको बताए ।
यस वर्ष निर्माण गर्ने पुलहरुमा जुडी,धमना, वुढी खोला, बक्राहा, मधुमल्ला, ज्वाला पुल, दत्तकिश्चा पुल, टेङग्रा, डाँस खोला, सिंघिया, वुढीखोला लगायतका २० देखि १०० मिटरसम्मका रहेको कार्यालयले जनाएको छ ।
यसैगरी तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत २१ करोड ६० लाख वजेट बिनियोजना भएको सूचना अधिकारी झाले जानकारी दिए ।
कोरोना महामारीले सीमा नाका बन्दका कारण पुल निर्माणका लागि आवश्यक सामाग्रीको , दक्ष जनशक्तिको कमीको कारण निर्माण कार्यमा ढिलाई हुने प्रमुख ज्ञवालीले बताए । उनले कोरोनाको कारण निर्माण गर्नु पर्ने काममा ५० प्रतिशत कमी भएको बताए ।
नाका बन्दको कारण पुल निर्माण आवश्यक पाइप, लगायतका कच्चा पदार्थको कमी हुनका साथै ढुवानीमा समेत समस्या रहेको प्रमुख ज्ञवालीले जनाए ।
तपाईको प्रतिक्रिया