RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ५५ वर्षिय वृद्धाको शव घर भित्रै गाडेको अवस्थामा भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०७७, बुधबार २१:०९
9
Shares
विराटनगर / विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

स्थानीय ५५ वर्षियसत्यराम चौहानको शव आफनै घरभित्र करिब तीन फिट गहिरो खाडल खनेर गाडिएको अवस्थामा आज साँझ प्रहरीले बरामद गरेको हो । बाबु छोरा मात्रै बस्दै आएका सत्यनारणको घरमा शव फेला परेको हो । घरमा २९ वर्षीय छोरा रोहित र बुबा सत्यनारायण बस्थे ।

कान्छा छोरा नगेन्द्र चौहान बजारमा बस्थे । चार दिनयता बुबा बजार नआएपछि छोराले फोन गर्दा फोन उठेन । आएर हेर्दा घर खुल्ला थियो । भित्र खनिएको अवस्थामा थियो । शंकास्पद लागेपछि छोराले इलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए ।

जस्तापाताले छाएको माटोको घरभित्र चौहान सुत्ने खाटमुनी खाडल खनेर गाडेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ, इप्रका रानी विराटनगरको प्रहरी पुगेर शव उत्खनन् गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

शव हेर्दा ४र५ दिन अगाडि नै हत्या गरी गाडेको हुनसक्ने प्रहरीको अनुमान छ । घरभित्र गाडेको अवस्थामा भेटिएको शवलाई कोशी अस्पतालमा पोष्टमार्टमको लागि लगिएको छ ।

प्रहरीले दुवै छोरालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर