प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २३ श्रावण २०७८, शनिबार १७:०३

विराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, ते¥हथुम र उदयपुरमा २–२ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचा, उर्लाबारी र बेलबारीमा ३–३, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, विर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा ७–७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १,स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ६२, इटहरीमा ११, बराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, शहिदभूमीमा २, चौवीसे र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २५३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र १० पुरुष रहेको  मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५