animated ellipse animated ellipse

फार्मेसीको बदमासी, ‘कोल्ड चेनमा’ राख्नुपर्ने भ्याक्सिन बाहिर राखेर बिक्री

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०८०, बिहीबार १८:४०
216
Shares
विराटनगर / निश्चित तापक्रम खोप भण्डारण स्टोर अर्थात कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन फार्मेसीहरूले खुल्ला ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

कोशी प्रदेशको तराईको जिल्ला र पहाडी क्षेत्रमा फार्मेसीहरूले भ्याक्सिन सुरक्षित नराखी बिक्री गर्ने गरेको पाइएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा झापा, मोरङ, सुनसरी, इलाम र सिरहाको फार्मेसीहरूले भ्याक्सिन कोल्ड चेनमा नराखी बिक्री गरेको पाइएको हो । यसरी कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन नराखी बिक्रीको लागि राखेको पाइएपछि विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले बताए ।

अनुगमनको क्रममा २२ वटा फार्मेसीले उचित मात्रामा कोल्ड चेनमा नराखी खुल्ला ठाउँमा भ्याक्सिन राखेको पाइएपछि बरामद गरी नष्ट गरिएको बताए । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारस्थित सृजना मेडिकल हलबाट ६० हजार मूल्य बराबरको भ्याक्सिन खुल्ला ठाउँमा राखेर बिक्री गरेको पाइएको उनले बताए । सृजना फार्मेसीले इन्सुलिन, हर्मनल, टिटी, ऐन्टि रेविज भ्याक्सिनहरू खुल्ला ठाउँमा राखेर बिक्री गरेको अनुगमनको क्रममा पाइएपछि बरामद गरिएको उनले बताए ।

भ्याक्सिनलाई निश्चित तापक्रममा खोप भण्डारण अर्थात कोल्ड चेनमा सुरक्षित राख्नु पर्ने उनले बताए । खोपमा रहेको गुण र यसको प्रभावकारितालाई कायम राख्न उत्पादनदेखि लगाउने समयसम्म तोकिएको तापक्रममा भ्याक्सिन राख्नुपर्दछ । यो प्रक्रियालाई नै कोल्ड चेन भनिन्छ । कोल्ड चेन, भ्याक्सिन व्यवस्थापनको महत्वपूर्ण र चुनौतीपूर्ण पाटो हो । ‘भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियससम्मको स्टोर क्षमता भएका कोल्ड चेनमा राख्नुपर्ने हुन्छ’ विभागका प्रमुख मिश्रले भने, ‘त्यसपछि मात्र भ्याक्सिन सुरक्षित हुन्छ ।’ यसरी कोल्ड चेनमा तापक्रम नमिलाए भ्याक्सिनले काम नगर्ने उनले बताए । त्यही भएर यसरी बाहिर राखिएको भ्याक्सिनहरू बरामद गरी नष्ट गरिएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर