विराटनगर ५४ सहित प्रदेश १ मा थपिए ३३७ जना संक्रमित, ३०९ संक्रमणमुक्त र १२ संक्रमितको मत्यु

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७८, आईतवार १७:४९

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ५४ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमाबाहेक सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई र मिक्लाजुङमा ३–३, लेटाङ, बेलबारी र जहदामा २–२, केराबारी, बुढीगंगा र रंगेलीमा १–१, झापाको विर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, मेचीनगर र बा¥हदशीमा ३–३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २७, दुहवीमा ७, धरानमा ६, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा २–२, हरिनगर, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा २८, तुम्मेवा, याङवरक, फालेलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा १७, त्रियुगामा ५, बेलका र उदयपुरगढीमा १–१, सोलुखुम्वुको नेचासल्यानमा ८, माप्यदुधकोशीमा ५, संखुवासभाको धर्मदेवी, खाँदबारी र स्थानीय तह नखुलेका ३, इलामको इलाम नगरपालिका, चुलाचुली र फाकफोकथुममा १–१, धनकुटाको शहिदभूमी र भोजपुरको हतुवागढीमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । संक्रमित भएका मध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ३०९ जना संक्रमण मुक्त भएका छन् । प्रदेश १ मा आज ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्ले २४ घण्टामा प्रदेश १ भर संक्रमणबाट १२ जना मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३१४ महिला र ७३३ जना पुरुष गरी १०४७ पुगेको छ ।

मृत्यु हुनेमा उदयपुर र झापाका ३–३ जना, मोरङ र सुनसरीका २–२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विराटनगरको नोवेल शिक्षण अस्पतालमा सवैभन्दा धेरै ६ जना र विराटनरकै कोशी कोभिड उपचार केन्द्र र धरानको विपि प्रतिस्ठान र अन्य आइसोलेनसमा २–२ जना संक्रमितको मृत्यु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५