animated ellipse animated ellipse

रहेनन् राष्ट्रकवि घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०७७, मंगलवार २१:०४
189
Shares
काठमाण्डौं/ राष्ट्रकवि माधव प्रसाद घिमिरेको आज निधन भएको छ । उनको कपुरधारास्थित निवासमै साँझ ५ बजेर ५५ मिनेटमो निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।१९७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन भन्ने गाउँमा जन्मिएका उनको १०२ वर्षको उमेरमा निधन भएको घिमिरेका भाञ्जा भाग्यशाली अधिकारीले पुष्टि गरे ।

घिमिरेले भारतमा बनारसको क्वीन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए । उनी वि.स. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहिरहेका थिए ।

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले गीतिनाटक, हिमालपारि हिमालपारि गीतिनाटक, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी गीतसङ्ग्रह, चारु चर्चा निबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत लगायतका कृति सर्वाधिक चर्चित छन् ।

घिमिरेका दुई कृतिले साझा पुरस्कार पाएका छन् । २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पाएका हुन । २०६७ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

‘गाउँछ गीत नेपाली’ फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा, आजै र राति के देखेँ सपना’ जस्ता चर्चित गीत रचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर