AArya
RUMPUM
animated ellipse animated ellipse

चेतना संरक्षण प्रतिष्ठानको ४७ औं शृंखला सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०७७, शुक्रबार १८:३२
135
Shares
विराटनगर / चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला आजदेखि पुनः सुरु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि गत चैतदेखि शृंखला रोकिएको थियो । प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । आज भएको ४७ औं शृंखलामा भरत गुरागाईं ‘बर्वरिक’, ममता मृदुल, मञ्जुश्री गिरी, लक्ष्मी स्मृति, शिवनारायण पण्डित ‘सिंगल’, प्रिन्स प्रमोदकुमार ढकाल, सविना श्रेष्ठ, सरिता तुलाधर, दुर्गा सिग्देल, शारदा कार्कीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

अबदेखि मासिक शृंखलालाई निरन्तरता दिइने कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रहेर कार्यक्रम सञ्चालन गरिने नवोदितले बताए । प्रतिष्ठानका महासचिव उमेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार ऋतु आसिकलगायतले चेतना संरक्षण प्रतिष्ठानको मासिक कार्यक्रमले नयाँ र पुराना पुस्ताका स्रष्टालाई जोड्ने काम गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर