AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका गैससको पाश्र्वचित्र विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० श्रावण २०७९, मंगलवार २०:२२
3
Shares
विराटनगर / गैरसरकारी संस्था महासंघ मोरङले प्रकाशित गरेको पुस्तकको आज एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विचोचन गरे ।

महासंघले आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले विराटनगर महानगरपालिकाभि त्र रहेका गैरसरकारी संस्थाहरुको ‘पाश्र्वचित्र’ नामक पुस्तकको विमोचन गरेका हुन् । महानगरको सहयोगमा प्रकाशित पुस्तकमा विराटनगरभित्र सञ्चालित विभिन्न गैरसरकारी संस्थाहरुको परिचय समावेश गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरको पहुँच नपुग्ने स्थानमा पनि गैरसरकारी संस्थाहरु पुगेर सेवा पु¥याइरहेको बताए । उनले महानगरका १९ वटै वडामा गैरसरकारी संस्थाहरुले सेवा सञ्चालन गरिरहेकोमा प्रशंसा व्यक्त गरे । त्यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, महानगरको सामाजिक शाखा प्रमुख पुनम दाहाल, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश–१ की प्रमुख नितु गड्तौला, गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल, उपाध्यक्ष विष्णु शर्मालगायतले मन्तव्य व्यक्त गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर