RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्यकर्मीलाई डेंगु रोग नियन्त्रण र रोकथामसम्बन्धी अभिमुखीकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०७९, शनिबार १८:५६
90
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ ।

डेंगुको संक्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी सुरु गरेको हो । आज स्वास्थ्यकर्मीहरुका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण सञ्चालन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका को–र्डिनेटर डाक्टर सुरेन्द्र उराँवले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराए ।

उनले भदौ यता डेंगुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको बताए । उनले टायर, जार, नालीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाईमा ध्यान दिनुपर्नेमा जोड दिए । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने उनको भनाइ थियो । डाक्टर उराँवले नेपालमा सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरु संक्रमित भएको उल्लेख गरे ।

पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । अलीका अनुसार दोस्रो चरणमा आइतबार नै जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण र रोकथामका विषयमा छलफल गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर