animated ellipse animated ellipse

कोरोनाविरूद्धको पहिलो भ्याक्सिन परीक्षणमा अमेरिकालाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०७७, मंगलवार २०:१०
3
Shares
विराटनगर / अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएको छ। तर, उक्त खोप थप परीक्षणपछि बजारमा आउन आगामी वर्षको जनवरी अर्थात पुस÷माघसम्म कुर्नुपर्ने भएको छ । यो खोप नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको हो ।

मोडेर्नाले खोपसम्बन्धी दिएको जानकारीअनुसार एमआरएनए–१२७३ खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिएभन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ। शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ । कम्पनीका अनुसार खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोना भाइरससँग लड्ने क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ। मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल योभन्दा उत्तम नतीजाको आशा गर्न नसकिने बताएका छन ।

कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले थप परीक्षणपछि मात्र खोप बजारमा आउनसक्ने बताएका छन । विश्व स्वास्थ्य संगठनका अनुसार मोडेर्ना कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण गरिरहेका विश्वका आठमध्येको एक कम्पनी हो। अन्य दुई कम्पनी फिजर र इनोभियोले पनि अमेरिकामा नै परीक्षण गरिरहेका छन । मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । सबै जनामा भाइरसलाई निस्क्रिय गर्ने क्षमता यसअघि संक्रमित भएर निको भएका बिरामीमा झैँ बढेको थियो। उनीहरूसहित १८ देखि ५५ वर्षसम्मका कूल ४५ जना स्वस्थ मान्छेमा गरिएको सबै परीक्षण सकारात्मक आएको छ । यो खोप परीक्षणमा सहभागी नभएका खोप विज्ञहरुले पनि यसलाई ठूलो उपलब्धि भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर