AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समुदायका लागि चिकित्सक संस्थाले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०८२, बिहीबार १७:३८
18
Shares
विराटनगर/ समुदायका लागि चिकित्सक संस्था काठमाण्डौले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
संस्थाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलन गरि आउँदो साउन १० गते विराटनगरको हिमालय रोडमा संचालन हुने स्वास्थ्य शिविरमा प्रसुति तथा महिला रोग,हाडजोर्नी दन्त रोग, प्रयोगशाला परिक्षण आन्तरिक रोग लगायतका सेवा वरिष्ठ एवं दक्ष चिकित्सकहरुले प्रदान गर्ने छन् ।

सर्वसाधारणलाई गुस्तरीय स्वास्थ्य सेवामा सजिलै पहुँच पु¥याउन शिविरको संचालन गरिएको संस्थाका अध्यक्ष डिल्ली हरिजनले जानकारी दिए । ग्रामीण तथा शहरी क्षेत्रका गरिव वर्गका लागि स्वास्थ्य परीक्षण, उपचार परामर्शको सुविधा दिनुका साथै पूर्व रोग निदान मार्फत रोगको प्रारम्भ अवस्था पत्ता लगाई उपचारमा सहयोग पु¥याउन शिविर संचालन गरिएको गोविन्दप्रसाद काफ्लेले बताए ।

संस्थाले आगामी दिनमा यस प्रकारको शिविर तराई ,पहाड, तथा हिमाली क्षेत्रका दुर्गम स्थानमा गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक सन्जयकुमार विश्वासले जानकारी दिए ।

समुदाय प्रतिको उत्तरदायित्वलाई मनन गरि मुलुकका विभिन्न भागमा स्वास्थ्यप्रति सचेतना फैलाउन तथा शिविर सञ्चालन गर्ने उद्देश्यले संस्था गठन गरिएको सोही अवसरमा जानकारी गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर