RUMPUM
animated ellipse animated ellipse

सीएनआई कोशी एक्स्पोमा अरवियन परिकार सावरमा उपभोक्ताको विशेष आकर्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७९, मंगलवार १२:१८
765
Shares
विराटनगर / विराटनगरमा माघ १९ गतेदेखि शुरु भएको सीएनआई कोशी एक्स्पोमा कुखुराको मासुबाट बनेको अरवियन परिकार सावरमा भनेर चिनिने चिकन रोलमा उपभोक्ताको विशेष आकर्षण देखिएको छ ।

विराटनगर–६ कृषि भवन पछाडी शुक्रपथका स्थानिय पर्शुराम गिरीले राखेका स्टलमा चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको थियो । विदेशतिर चिकेन सावरमा भनेर चिनिने चिकेन रोलमा उपभोक्ताले धेरै रुचि राखेको गिरीले बताए । गिरीका अनुसार विदेशको स्वाद मैले विभिन्न महत्सावमा दिइरहेको छ् । नयाँ स्वादकोे अरवियन खाजा रहेकोले उपभोक्ताको अत्यधिक रोजाइमा परेको उनले बताए । गिरीले विराटनगर–६ शुक्रपथ सेन्चुरी मल पछाडी आफ्नै भवनमा पारिजात नाम गरेको होटेलमा अरवियन खाजा सावरमाको खाजाको पारिखिलाई स्वाद इिरहेका बताए ।

गिरीले दुवईको अमेरिकन नेमि क्याममा १२ बर्ष काम गरेर आफ्नै देशमा केही गरु भन्ने सोचमा उनले ६ बर्षदेखि अरवियन खाजा घर खौल्दै सेवा दिएका छन् । उनले खोल्दा अरवियन खाजा घर मोफसलमै पहिलो रहेको उनले दावी गरे । एक्पोमा सावरमा बाहेक चिकेन क्रन्ची, मोमो, बर्गर र चाउमिनलगायतका परिकारहरु उपलब्ध गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर