खबर पूर्वाञ्चल
आज अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा आगमी वर्षदेखि मुटुको उपचारको लागि ‘क्याथ ल्याब’ भित्र्याउने घोषणा गरेको हो ।
अस्पतालका प्रबन्धक निर्देशक डा. श्याम रौनियारको अनुसार अस्पतालले आगामी दिनमा क्याथ ल्याब भित्र्याएर मुटुको उपचारको भरपर्दो सेवा प्रदान गर्ने बताए । मुटु रोगीहरुका लागि अझै सुलभ उपचार सेवा प्रदान गर्नको लागि क्याथ ल्याब ल्याउने योजना रहेको उनको भनाई छ । त्यसको लागि १२ करोड बढी लगानी गर्ने अस्पतालको भनाई छ । त्यसैगरी निः सन्तान दम्पतीहरुको लागि आइभिएफ सेवा पनि सुरु गर्ने तयारी रहेको उनले बताए । ‘हामी चाडै दक्ष चिकित्सकहरुबाट आइभिएफ सेवा सुचारु गर्दैछौं,’ डाक्टर रौनियाले भने, ‘ निः सन्तान दम्पत्तीहरुलाई अभिभावक बन्ने सपना साकार पार्ने योजना रहेको छ । ’
एक सय शैय्याको हस्पिटल रहेको गोल्डेनले डिप्लोमा इन फार्मेशी, पिसिएल नर्सिङ र पिसिएल जनरल मेडिसिनको कार्यक्रम पनि सुरु गरेको छ ।
यसअघि विराटनगर –७ अस्पताल चोकमा भाडाको घरबाट सेवा सुचारु गरेको अस्पतलाले अहिले २२ कठ्ठा क्षेत्रफलमा आफ्नै अत्याधुनिक भवनबाट विरामीलाई सेवा दिदै आएको छ । ‘स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाउँदै हामीले १९२ स्लाइस सिटी स्क्यान, एमआरआइ, मोड्युलर ओटी, एडभान्स आइसियू, एनआइसियू, एचडिसियू जस्ता आधुनिक प्रविधिहरु अस्पतालमा उपलब्ध गराएर सेवा दिदै आएका छौं,’ डाक्टर रौनियारले भने, ‘हाम्रो प्रमुख उद्देश्य आम नागरिकलाई पुर्वान्चलमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । त्यो पनि अहिले मेडिकल कलेजभन्दा पनि किफायती दरमा स्वास्थ्य सेवा दिदै आएका छौं ।’ गोल्डेनमा नेपालकै सबैभन्दा उत्कृष्ट सुपर स्पेसियालिटी टिम, सर्वश्रेष्ठ ट्रमा, न्युरो तथा आरटिए म्यानेजमेन्ट टिम रहेको अस्पतलाले जनाएको छ ।
१३ वर्ष देखि निरन्तर र पूर्व मै पहिलो मृगौला रोग विशेषज्ञ टिम को सेवासहित ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली शल्यक्रिया) प्याकेज सुरु गरेको अस्पतालका डा. रमेश चौरसियाले बताए । ‘गोल्डेन अस्पतालको सेवा नेपालीहरूका लागि मात्र सीमित छैन । यसले छिमेकी भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालका बिरामीहरुका लागि पनि पहिलो रोजाइको अस्पताल बन्न सफल भएको छ,’ उनले भने, ‘यही लक्ष्यका साथ अस्पतालले आफ्ना सेवाहरुलाई निरन्तर सुधार गर्दै चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, र अत्याधुनिक प्रविधिसँग स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।’
अस्पतालले पित्तथैलीको शल्यक्रिया प्याकेजमा गर्दै आएको छ । जसमा मेडिसिन, बेड, अनेस्थेसिया लगायतका सम्पूर्ण गरेर ३९ हजार ५ सयमा उपचार हुने गरेको अस्पतलाले जनाएको छ ।